सुस्तावासीलाई प्रधानमन्त्रीले भेटै दिएनन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

सुस्तावासीलाई प्रधानमन्त्रीले भेटै दिएनन



काठमाडौं – सीमामा दैनिक भोग्नुपरेका सास्तीका बारेमा प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराउन राजधानी आएका नवलपरासी सुस्ताका बासिन्दा निराश भएर फर्किएका छन् ।

सीमामा भारतीय पक्षबाट हुने गरेका ज्यादतीबारे सरकार प्रमुखलाई प्रत्यक्ष भेटेर पीडा पोख्न चन्दा उठाएरै आएका उनीहरूले प्रधानमन्त्री ओलीको समय पाएनन् ।

पटक–पटक प्रधानमन्त्रीलाई भेट्न खोज्दासमेत समय नदिएपछि सोमबार फर्किएको सुस्तावासीले गुनासो गरे । २४ जनाको टोली गत असोज ९ गते राति राजधानी आएको थियो ।

सुस्ता घर भई राजधानीमा बसोबास गरिरहेकाहरूले उनीहरूलाई साथ दिएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।