सुस्तामा फेरी भारतीयहरुको मनपरी ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुस्तामा फेरी भारतीयहरुको मनपरी !



नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको सुस्तामा भारतीय पक्षले दादागिरी तरिकाले नेपाल र भारतको बिबादित ठाउँमा सडक निर्माण गरिरहेको छ । त्यति मात्र होईन विवादित भुमीमा सडक निर्माण गर्ने र नेपाली पक्षले सो कार्य रोक्न खोज्दा उल्टै सुस्ताबासीलाई दुख दिने नियतले त्यसैगरी सुस्ताको नेपाल भारत सिमानामा खाल्टो खनेको छ ।

जसले गर्दा सुस्ताबासीहरुलाई आवातजावत गर्न समस्या भएको छ । सुस्ताबासिहरुलाई सहजरूपमा हिँडडुल गर्न भारतको भुमी प्रयोग गरि नेपाल आउने बाध्यता रहेको छ । त्यसैकको फाईदा उठाउदै सुस्ता जाने सडक सञ्जालमा खाल्टो खनेर सुस्ताबासीलाई आवत जावतमा रोक लगाएको सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डे बताउछन् ।

तर त्यही बाध्यताको फाइदा उठाएर भारतीय पक्षले सिमानामा खाल्टो खनिदिएर सुस्ताबासीहरुलाई दुख दिने कार्य गरेको सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्ग बताउछन् ।

२०६४ सालमा नेपाल र भारतका उच्च अधिकारी बिच सूस्ताको बिवादित भुमीमा दुवै पक्षबाट कुनै पनि सडक विस्तार, खेती गर्ने लगायतका काम नगर्ने सहमती भएको थियो । तर भारतीय पक्ष भने उक्त सहमतिको पालना गरिरहेको छैन् ।