के छ भारत फर्केर स्वराजले जारी गरेको बक्तब्यमा ?
दुईदिने भेटको कार्यक्रम सकेर निकै नै विवादित बनेर फर्केकी सुष्मा स्वराजले भारत पुगेर बक्तब्य जारी गरेकी छन् । बक्तब्यबाट प्रस्ट थाहा हुन्छ कि भारतले नेपाललाई फकाउन खोजिरहेको छ ।
केपी ओलीको निमन्त्रणामा नेपाल भ्रमण आएकी स्वराजले मधेस केन्द्रित राजनीतिलाई प्रभाव पार्न र हामी पनि सक्रिय छौँ भन्ने देखाएको जानकारहरू बताउछन ।
चुनाव सकिएको महिनौं पछि भारतले तीनै तहको निर्वाचन सफलता पूर्वक सम्पन्न गराएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएको छ ।
चुनावको सफलता नेपालको सक्रमणकाल अन्त्यका लागि महत्त्वपूर्ण कोसेढुंगा रहेको पनि सुस्मा स्वराजको विज्ञप्तिमा उल्लेख छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वदेश फर्किएपछि शुक्रवार राति वक्तव्य जारी गरी विदेश मन्त्रालयले उक्त कुरा जनाएको हो ।