सुशीला कार्कीले भनिन- डा केसीका माग नभए देशमा आगो बल्छ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सुशीला कार्कीले भनिन- डा केसीका माग नभए देशमा आगो बल्छ



काठमाडौं– डा गोविन्द केसीका माग पुरा नभए देशमा आगो बल्ने पूर्व प्रधानन्याधीश सुशीला कार्कीले चेतावनी दिएकी छिन्। शनिबार बानेश्वरमा डा केसीको पक्षमा आयोजित प्रदर्शन कार्यक्रमको कोणसभामा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन्।

डा केसीको माग कुनै राजनीतिक नभएकाले यसलाई जनताका माग रुपमा लिन उनको आग्रह थियो। ‘मान्छेले मलाई सरकारको मानो खाएर के बोलेको भन्लान्,’ उनले भनिन्,‘नबोली नहुने बाध्य भएर म बाहिर निस्किएको हुँ।’

आफुहरु सरकारको विरोधमा नभएको डा केसीको पक्षमा रहेको बताइन्। जनताको माग भएकाले त्यसलाई पुरा गर्न उनले सरकारलाई आग्रह गरिन्।