गंगामायालाई हेरेपछि सुशिला कार्की यसरी रोईन - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

गंगामायालाई हेरेपछि सुशिला कार्की यसरी रोईन



सर्वोच्चको आदेश पालना हुनुपर्ने माग राखी आमरण अनशनरत गंगामाया अधिकारीलाई भेट्न बिहीबार वीर अस्पताल पुगेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आइसियुमा पस्ने बित्तिकै भावविह्ल भएकी छन् ।

सँधै जसो कडा मुद्रामा देखिने पूर्वप्रधानन्यायाधीश कार्कीको आँखा रसाएको दृश्यले उनी लगायत साथमा भएका अन्य मानवअधिकारवादी र अधिवक्ताहरुलाई पनि भावुक बनायो ।

‘तपाईं साहसको प्रतिमूर्ति हुनुहुन्छ, न्यायको लागि यत्रो तपस्या गर्ने दुनियाँमा अर्को कोही छैन’ कार्कीले भनिन्, ‘व्यवहारिक रुपमा तपाईले जितिसक्नु भएको छ, आज सारा दुनियाँ तपाईंको साथमा छ ।’

कानुन पालनाको सामान्य अवस्थामा पनि हत्यारालाई छाड्न नमिल्ने भन्दै यस्तो त्याग र जीवनको उत्सर्ग गर्ने गंगामायाको मुद्दामा त जित उनको निश्चय नै हुने कार्कीले बताएकी थिइन् ।