प्रधानमन्त्री ओलीको ट्वीटर सुर्य थापाले गरे दुरुपयोग - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रधानमन्त्री ओलीको ट्वीटर सुर्य थापाले गरे दुरुपयोग



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल उनकै प्रेस सल्लाकार सुर्य थापाले दुरूपयोग गरेका छन् । यसअघि पनि पटक-पटक दुरूपयोग भएको प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट थालाले विवादास्पद ट्वीट गरेका छन् ।

प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डल केपी शर्मा ओलीबाट आफू कोरोना संक्रमित भएर निको भएको ट्विट गरिएको छ। त्यतिमात्र होइन प्रधानमन्त्रीकै ह्याण्डलबाट हामि दुई भन्दै सुर्य थापा र पत्रकार मात्रिका पौडेलको फोटो सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीको ट्विटर ह्याण्डलबाट ‘हामी दुई कोरोना संक्रमण जितेपछि पहिलो भेट’ भनिएको छ। त्यसलगत्तै सो ट्वीट उक्त ह्यान्डलबाट हटाएर सुर्य थापाको ह्यान्डलबाट पोस्ट गरिएको छ ।

प्रधानमन्त्रीकै ट्वीटबाट पत्रकार पौडेललाई नयाँ व्यवसायिक यात्राको शुभकामना दिइएको छ। सोही ट्विटरमा पौडेलले खुसी हुने योजना सुनाउँदा दुवै दंग परेको समेत उल्लेख छ।

प्रधानमन्त्री जस्तो व्यक्तिको ह्यान्डलबाट आपत्तिजनक ट्वीट भएपछि अहिले सामाजिक संजालमा यसको चर्चा र व्यंग्य भैरहेको छ ।

यसअघि यसरी भएको थियो प्रधानमन्त्रीको ट्विटर ह्यान्डल