नेकपामा आफन्त बनाउ अभियान: सुर्य थापाका भाईलाई पनि सुटुक्क नियुक्ति - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

नेकपामा आफन्त बनाउ अभियान: सुर्य थापाका भाईलाई पनि सुटुक्क नियुक्ति



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र नातावाद यति बिधि भयो कि सुन्दा र देख्दा सर्वसाधारणलाई नै वाक्क लागिसक्यो । रक्षामन्त्री ईश्वर पोखरेल पछिल्लो समय सम्धीका कारण विवादमा तानिए ।

उनका सम्धी उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त भएपछि पोखरेलको मात्र होइन सरकारकै साख गिर्नेगरी व्यापक आलोचना भयो ।

जति आलोचना र विरोध भएपनि कम्युनिस्टले पचाउँछ भनेझैँ अहिले भने रक्षामन्त्री पोखरेलका अत्यन्त निकट तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका भाईलाई स्वास्थ्य वीमा बोर्डमा नियुक्त गरिएको छ ।

स्रोतका अनुसार प्युठानका चन्द्रबहादुर थापा क्षेत्री भर्खरै स्वास्थ्य वीमा बोर्डको सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । उनी सुर्य थापाका भाई हुन् । चन्द्र तिलगङा आँखा अस्पतालका कर्मचारी समेत हुन् ।

जति धेरै विरोध भएपनि आफन्त पोस्ने काममा भने प्रधानमन्त्री ओली वरीपरीका शक्तिहरू लागिरहेका छन् । यसले जनता, पार्टी र सरकारको भलो नभएपनि आफ्नो र आफन्तको भने पक्कै भलो हुनेछ ।