सर्वोच्च अदालतले सीमा नाघेको सुर्य थापाको टिप्पणी - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

सर्वोच्च अदालतले सीमा नाघेको सुर्य थापाको टिप्पणी



काठमाडौं- २१ मन्त्रीको सपना चकनाचुर पार्नेगरी सर्वोच्च अदालतले गरेको आदेशले प्रधानमन्त्री केपी शर्मा ओली समुहमा खैलाबैला नै मच्चिएको छ । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको आदेशलाई प्रधानमन्त्री निकट नेताहरूले गलत भएको टिप्पणी गरेका छन् ।

उनीहरूको सबैभन्दा ठुलो आपत्ति के मा छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार भनेको कुरा मंगलबार अदालतको आदेशमा हुबहु कसरी भयो भन्नेमा छ ।

यस्तैमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतले सिमा नाघेको आशयमा टिप्पणी गरेका छन् । उनले मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चको हो र ? भन्दै प्रश्न गर्दै प्रधानमन्त्रीको अधिकार अदालतले लिएर सिमा नाघेको आशय देखाएका छन्।

थापाले अन्तरिम आदेशपछि ट्वीट गर्दै सर्वोच्च अदालतमाथि प्रश्न गरेका हुन्। उनले मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चको हो भन्दै प्रश्न गरेका हुन्।

त्यतिमात्र होइन थापाले २०७४ सालमा शेरबहादुर देउवालाई अधिकार हुने र अहिले ओलीलाई किन नहुने भन्दै अर्को प्रश्न गरेका छन्। उनले आदेशमाथि टिप्पणी गर्दै अदालतको प्रतिष्ठा काययम रहोस् भन्ने कामना गरेका छन्।

‘देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस !’, थापाले ट्वीटमा लेखेका छन्, ‘मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चको हो र ?’

थापाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषण फैसलामा मंगलबार हुबहु आएको र माधव नेपाल र भीम रावलको वक्तव्य र भाषण फैसलामा भेटिएको भन्दै अरु दुई प्रश्न गरेका छन्।

‘प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ?’, अदालत र विपक्षी नेतामाथि प्रश्न गर्दै उनले थपेका छन्, ‘माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? यो के भएछ ?’

यसअघि पनि प्रचण्डको कटु आलोचकको रूपमा चिनिएका थापाले प्रचण्डले बोलेको कुरालाई लिएर टिप्पणी गरेका छन् ।