कारबाही गर्ने भनिएका सुर्य थापालाई पार्टीले दियो उपहार - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

कारबाही गर्ने भनिएका सुर्य थापालाई पार्टीले दियो उपहार



काठमाडौं – केहि समय अगाडी निकै बिबादमा तानिएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले पार्टीको प्रचार तथा प्रकाशन विभागको उप प्रमुखको जिम्मेवारी पाएका छन् ।

निकै अगाडिदेखि प्रचण्ड र पुर्व माओवादीका कट्टर आलोचकको परिचय बनाएका थापा पछिल्लो समय प्रचण्डको भाषणलाई लिएर निकै बिबादमा आएका थिए । पछिल्लो समय नेतृत्वप्रति आलोचना गरेको र पार्टीको नीति बिपरित अभिव्यक्ति दिएको भन्दै पार्टीले कारबाही गर्ने तयारी गरेको कुरा बाहिरिएको थियो।

पार्टीका अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दिपशिखासंग सामाजिक सञ्जालमा वाकयुद्ध नै चलेको थियो।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उनलाई कारबाहीको सट्टा उपहारमा प्रचार तथा प्रकाशन विभागको उप प्रमुखको जिम्मेवारी दिएको हो।

प्रचार तथा प्रकाशन विभागको प्रमुखमा भने नारायणकाजी श्रेष्ठ चयन भएका छन्।