नेकपा (एस)का सांसदहरू भटाभट मन्त्री बनेपछि सुर्य थापालाई तनाव
काठमाडौँ- एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरू भटाभट मन्त्री बनेपछि नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा तनावमा परेका छन् ।
नेकपा एकिकृत समाजवादीबाट नेताहरू मन्त्री बनेको र मन्त्री बनेकाहरूलाई एमालेकै नेताहरूले बधाई दिएपछि सुर्य थापाको पारो तातेको छ । उनले मन्त्री बन्नेहरूलाई एस पार्टीका तर्फबाट मन्त्री हुने कुलंगार भनेका छन् भने बधाई दिनेहरूलाई पार्टीविरोधी हर्कतमा सामेल भएको बताएका छन् ।
विपक्षी र आफ्नै नेतामाथि छुद्र र अभद्र गाली गरेर चर्चा र विवादमा आउने गरेका थापाले आफूलाई झोक चलेको बताएका छन् । एमाले पार्टी विभाजन गरेर मन्त्री बनेकाहरूलाई एमाले नेता/कार्यकर्ताले बधाई दिएको भन्दै उनीहरू पार्टी छाडेर जान समेत सुझाव दिएका छन् ।
‘पार्टी विभाजन गरी दुश्मनको सेवक भई मन्त्री बनेकाहरूलाई नेकपा एमालेका कतिपय नेता कार्यकर्ताले बधाई दिएको देख्दा निकै झ्वाँक चलेको छ । त्यस्ता व्यक्तिहरू बरू उतैतिर लागे हुन्छ’ थापाले फेसबुकमा लेखेका छन् ‘कमसेकम एस पार्टीका तर्फबाट मन्त्री हुने कुलंगारहरूलाई त बधाई र शुभकामना दिएर पार्टीविरोधी हर्कतमा सामेल नहुनु नि ! लाजको पसारो ।’