सूर्य सबैको हो, कसैको खेतमा लाग्छ, कसैकोमा लाग्दैन : ओली - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

सूर्य सबैको हो, कसैको खेतमा लाग्छ, कसैकोमा लाग्दैन : ओली



असोज १८ ,काठमाडौं

एमाले अध्यक्ष केपी ओलीले साना वामपन्थी पार्टीलाई एकताका लागि आह्वान गरेका छन्। एमाले–माओवादी–नयाँ शक्तिबीच तालमेल तथा एकता घोषणाबारे आयोजित पत्रकार सम्मेलनमा उनले अन्य पार्टीलाई पनि एकताका लागि आह्वान गरेका हुन्।

‘यो पार्टी एकताको महाअभियानमा सहभागी बन्नुहोस्, अब आआफ्नो ताउलो बसाउन छोडिदिनुहोस्, हामीले ठूलो सानो भनेका छैनौँ,’ ओलीले भने।

उनले सोमबार हृदयेश त्रिपाठी एमालेमा प्रवेश गरेको र सूर्य चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेको प्रसंग सुनाउँदै भने, ‘सूर्य सबैको हो, कसैको खेतमा लाग्छ, कसैकोमा लाग्दैन।’

उनले कानुनी व्यवधानका कारण मात्र तालमेलमा आएका पार्टीहरुले आआफ्नो चिन्हमा चुनाव लड्ने सहमति भएको बताए।