सुर्यगढी गाँउपालिकामा विभिन्न पार्टी परित्याग गरी १२८ जना काँग्रेसमा प्रवेश - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

सुर्यगढी गाँउपालिकामा विभिन्न पार्टी परित्याग गरी १२८ जना काँग्रेसमा प्रवेश



कर्ण बहादुर अधिकारी नुवाकोट।

नुवाकोट जिल्ला क्षेत्र नं २ अन्तरगत रहेको सुर्यगढी गाँउ पालिका स्थित नेपाली काँग्रेस पार्टीको पार्टी कार्यालयको उद्घाटन माननीय डा.रामशरण महतबाट २०७३ साल चैत्र २३ गतेका दिन सम्पन्न भएको छ।एक विशेष कार्यक्रमका साथ उद्घाटन भएको कार्यक्रममा सुर्यगढी गाउँपालिका अन्तर्गतका वडाहरू हल्देकालिका,लच्याङ र गणेशस्थानबाट विभिन्न राजनीतिक दल परित्याग गरी १२८ जनाले डा.रामशरण महतको हातबाट टिका ग्रहण गर्दै काँग्रेसमा प्रवेश गरेका छन्।

स्थानीय निकायको चुनावको पूर्व सन्ध्यामा काँग्रेस प्रवेश गर्नु हुने नबप्रबेशीहरूको जमातका कारण अझै ग्रामीण स्तरमा पार्टीको संरचना मजबुद हुने छ।उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय डा. महत हुनु हुन्थ्यो भने विशेष अतिथिमा काँग्रेस नेता ध्रुब अधिकारी, युवा नेता रमेश कुमार महत,ध्रुव श्रेष्ठ लगाएतका युवा पिढीबाट नेतृत्व गरी रहेका युवा नेताहरू राम्जी पौडेल,कृष्ण मिश्र हुनु हुन्थ्यो।सुर्यगढी गाउँ पालिकामा काँग्रेसको पार्टी कार्यालय स्थापना भए सँगै स्थानीय निकायको चुनाव प्रचार प्रसारमा सहज हुने कुरा व्यक्त गर्नु हुन्छ सुर्यगढी गाउँ पालिकाका काँग्रेस नेता सन्त बहादुर घले।सूर्य गढी गाउँ पालिकामा काँग्रेसको वर्तमान अवस्था पनि राम्रो रहेको र अझै यसलाई शशक्ति करण गर्दै अगाडी बढ्नु पर्नेमा माननीय डा. रामशरण महतले जोड दिनु भयो।