माधव नेपाल समूहका २३ नेतासँग सुर्य थापा 'फायर' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

माधव नेपाल समूहका २३ नेतासँग सुर्य थापा ‘फायर’



काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले ओली सरकार ढल्नुमा प्रमुख कारण माधव नेपाल समुहका २३ सांसद जिम्मेवार रहेको बताएका छन् ।

थापाले ओलीको बहिर्गमनपछि सामाजिक संजालमा लेख्दै एमाले भित्रका २३ नेताको गद्दारले सरकार ढलेको आरोप लगाएका छन्। त्यतिमात्रै होइन उने २३ नेताको नाम समर सार्वजनिक गर्दै आरोप लगाएका हुन्।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ नेतामाथि थापाले गद्दारी गरेको आरोप लगाएका हुन्। उनले नेता नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको समेत आरोप लगाएका छन्।

‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कु.नेपालको निम्ति त यो हर्षविभोर क्षण होला! जनादेश विपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ति हलो ताछी मुङ्ग्रो बनाएजस्तै हो’, थापाले ट्विटरमा लेखेका छन्।

अन्त्यमा उनले यीनै २३ को गद्दारीको परिणाम त हो! भन्दै माधव पक्षका सबै नेताको नामसमेत लेखेका छन्।