माधव नेपाल समूहलाई सूर्य थापाको कडा चेतावनी - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

माधव नेपाल समूहलाई सूर्य थापाको कडा चेतावनी



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको गृहकार्य अनुसार माधव नेपाल समुहले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका छन् । उनले नेपाल सम्य्हाले प्रचण्डको बोकी एमालेमा बसेर प्रधानमन्त्रीको राजीनामा नमाग्न चेतावनी समेत दिएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले प्रधानमन्त्री ओलीले राजीनामा नदिने भन्दै यस्ता एजेन्डा नबोक्न नेपाल समुहलाई चेतावनी दिएका छन् । उनले एमालेमा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुने बताएका छन् ।

थापाले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो रे । वाहियात, यो बकवास मात्र हो, उहाँले राजीनामा किमार्थ दिनुहुन्‍न । प्रचण्डको गृहकार्य बोकी नेकपा (एमाले) मा बसेर यस्तो कोशिश गर्न नखोज्नु नै श्रेयस्कर हुन्छ ।’ माधव नेपाल समूहप्रति संकेत गर्दै थापाले सके पाँच वर्ष सरकार चलाउन सहयोगी बन्नु, नसके यस्ता निर्देशित छट्टू चालबाजीपूर्ण कुरा नगर्नु उचित हुने बताएका छन् । उनले राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हबिगत भयो र हुँदै जान्छ भनेर प्रश्न समेत गरेका छन् ।

उनले भनेका छन्, ‘राजीनामाको बेमौसमी बाँसुरी बजाउन खोज्दा के हविगत भयो र हुँदै जान्छ ? सबैले समयमै स्पष्ट रुपमा बुझ्नु बरु बुद्धिमतापूर्ण हुन्छ ।’ सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्युँताएसँगै नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले केन्द्रदेखि जिल्लासम्मै आफ्ना कार्यालयहरु स्थापना गरिरहेका छन् ।