नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

नौबिसे–नागढुंगा सुरुङ मार्गको डिपिआर



काठमाडौं – नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ ।

जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताए ।