काठमाडौं–हेटौँडा सुरुङमार्ग चाइनाले बनाउने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

काठमाडौं–हेटौँडा सुरुङमार्ग चाइनाले बनाउने



लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको छ।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको खबर आजको कारोबार दैनिकले छापेको छ।

परियोजनाले सुरुङ मार्गमा ९५ प्रतिशत लगानी पावर चाइनाले गर्ने सममति भएको छ। यो सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ।