शुरू भयो राष्ट्रियसभाको उप निर्वाचनको मतदान
काठमाडौं- राष्ट्रियसभाको उप निर्वाचनका लागि मतदान शुरू भएको छ । हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको हो ।
नौ बजेदेखि शुरू भएको मतदानमा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् । त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् ।
गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् ।