सुर्खेतमा पनि लाग्यो निषेधाज्ञा
सुर्खेत- सुर्खेतमा एक साताका लागि निषेधाज्ञा लगाइएको छ । कोरोना संक्रमण बढ्दै गएपछि मंगलबार मध्यरातिदेखि निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो ।
मंगलबार राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा लागू गर्ने जिल्ला कोरोना संकट व्यवस्थापन समितिले निर्णय गरेको गरेको बताइएको छ । संक्रमण अत्यधिक बढेपछि जिल्लाभर निषेधाज्ञाको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।
कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा लागू गर्ने निर्णय गरेका र निषेधाज्ञा जिल्लाभर तहने बताइएको छ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडी मात्र सञ्चालन गर्न दिने बताइएको छ ।