सुर्खेतबाट उडेको जहाज सम्पर्कबिहीन !
सुर्खेतबाट बिहान कार्गो सामान लिएर उडेको मकालु एयरको जहाज सम्पर्कबिहिन भएको छ। जहाज सिमिकोटका लागि उडेको बताइएको छ ।
बुधबार बिहान सुर्खेत विमानस्थलबाट उडेको ९ एन एजेयु कल साइन जहाज २ घण्टा वितिसक्दा पनि सम्पर्कमा आएको छैन। जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो।
अहिले जहाजको खोजि गर्न सुर्खेतबाट हेलिकप्टरको परिचालन भइसकेको छ।
थप जानकारी आउन बाँकी छ ।