ओलीलाई पक्राउ गर्ने दिन पनि आउँछ: सुरेन्द्र पाण्डे - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

ओलीलाई पक्राउ गर्ने दिन पनि आउँछ: सुरेन्द्र पाण्डे



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहकाका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउने बताएका छन् ।

केहिदिन अगाडी नेकपा नेत्री रामकुमारी झाँक्रीको पक्राउ र रिहाको विषयलाई लिएर नेता पाण्डेले यस्तो बताएका हुन्। उनले झाँक्रीलाई बोलेकै कारण पक्राउ गरिएको भए पनि उनलाई थुनेर राख्ने तागत ओली सरकारसँग नरहेको समेत दाबी गरे ।

मंगलबार नेपाल कम्युनिस्ट पार्टी नेकपाको फेसबुक पेजमा एक पत्रकारसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘रामकुमारीमाथि बोलेकै कारणले उहाँमाथि आक्रमण गर्ने काशिस गरियो, जनताको तागतका कारण उहाँलाई थुनेर राख्ने अधिकार प्रहरी प्रशासन र ओली सरकारसँग थिएन।’

‘प्रधानमन्त्री ओलीलाई समात्नु भयो भने उहाँलाई कसरालई जिम्मा लगाएर पठाउनुहुन्छ ?’, प्रहरीसँग आफूले भनेको भनाइ स्मरण गर्दै नेता पाण्डेले भने, ‘ओली पक्राउ पर्ने दिन आउँदैन, आउन सक्छ नि । हिजो बर्मामा मिल्ट्रीले ‘कू’गर्दै त्यहाँको प्रधानमन्त्रीलाई लगेर नजरबन्द र थुनामा राखेका छन् भने अहिले हामी सँगसँगै आन्दोलन गरिरहेका बेला यो घटना घटेको छ। ओलीको पनि यो दिन धेरै टाढा छैन।’

नेता पाण्डेले झाँक्री पक्राउपछि रिहाका लागि कार्यकर्तासँगै आफू पनि प्रहरीमा पुगेको बताएका थिए । उनले झाँक्रीलाई जसरी गिरफ्तार गरिएको हो त्यसैगरी घर पु-याउनु पर्नेमा आफूले अडान लिएको बताए।