सर्वोच्च परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

सर्वोच्च परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन



काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बारले आज पनि मूल गेटमा नै प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सर्वोच्च अदालत परिसर र गेट आसपास बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल बार एसोसिएसनबाट सर्वोच्च अदालत प्रवेश गर्ने गेट बन्द गरिएको छ भने आन्दोलनरत कानून व्यवसायीहरूलाई सर्वोच्च प्रवेश गर्न दिएको छैन ।

शुक्रवार पनि मूल गेटमा कानून व्यवसायीको धर्नाका कारण प्रधानन्यायाधीश जबरा महान्यायाधिवक्ताको कार्यालयतर्फको वैकल्पिक मार्गबाट सर्वोच्च प्रवेश गरेका थिए ।

आज भित्रै गएर दुवै गेटमा अवरोध गर्ने तयारी बारले गरे पनि उनीहरू रोक्न बारतर्फको गेट बन्द गरिएको हो ।