सरकारको सक्रियता बढ्यो, सुरक्षा परिषद्‍ र मन्त्रिपरिषद्‍ बैठक बस्दै - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

सरकारको सक्रियता बढ्यो, सुरक्षा परिषद्‍ र मन्त्रिपरिषद्‍ बैठक बस्दै



काठमाडौं : सरकारको सक्रियता बढेको छ। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्रिभुवन विश्‍विद्यालयका उपकुलपति र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष नियुक्त गरेको थियो।

मन्त्रिपरिषद्को बैठक आज (सोमबार) फेरि बस्ने तयारी भैरहेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।

उनीहरुलाई २०७४ को आमनिर्वाचनपछि शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले नियुक्त गरेको थियो।

आजको मन्त्रिपरिषद्‍ बैठकले खाली भएको प्रदेश प्रमुखमा नियुक्तिको टुंगो लगाउने दाबी स्रोतले गरेको छ। यो मन्त्रपरिषद्ले अन्य महत्वपूर्ण निर्णय लिने पनि अपेक्षा गरिएको छ।

त्यसैगरि बालुवाटारमै सोमबार राष्ट्रिय सुरक्षा परिषद्‍को बैठक पनि बस्ने भएको छ। यो बैठकको एजेण्डा सार्वजनिक भएको छैन।