एमसीसी उपाध्यक्ष आएलगत्तै सुरक्षा व्यवस्था कडा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

एमसीसी उपाध्यक्ष आएलगत्तै सुरक्षा व्यवस्था कडा



काठमाडौं- अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातिमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् ।

उनीहरू नेपाल आउने बित्तिकै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।नेपालमा एमसीसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनीहरू नेपाल आएका हुन् ।

नेपालको चारदिने भ्रमणका क्रममा फातिमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीतिअन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।