देशैभर सुरक्षा अलर्ट बढाउन निर्देशन - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

देशैभर सुरक्षा अलर्ट बढाउन निर्देशन



काठमाडौं- संसद विघटनको सिफारिसपछि नेपाल प्रहरीलाई देशव्यापी रुपमा सुरक्षा सर्तकता बढाउन निर्देशन दिइएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बस्न सात वटै प्रदेशका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

ठूला राजनितीक घटना भएको समयमा सडकमा आन्दोलन हुने, स्थिति भड्किने र त्यसले कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले उक्त घटना नियन्त्रणको लागि निर्देशन दिएको प्रहरी मुख्यालयले जनाएको छ।

आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ।