सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु



बिशाल पाण्डेय
सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका – १ सुखडमा आज सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गरिएको छ ।

घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग तथा घोडाघोडी क्लबको आयोजनामा सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु भएको हो ।

घोडाघोडी क्लबका अध्यक्ष रबि गिरिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकि थिइन । प्रमुख अथितिको आसन बाट बोल्दै उप प्रमुख थापाले ‘नगरपालिकामा नै रोजगारीको सिर्जना गरि वैदेशिक रोजगारीमा जान नदिने प्रयास गरिने बताइन ।’ हामिले आम्दानीको स्रोतहरु पत्ता लगाएर रोजगारीको सिर्जना गर्‍यौ भने कोहि बाहिर जान पर्दैन। उनले भनिन , ‘यदि वैदेशिक रोजगारीको लागी अन्य मुलुक जानै पर्‍यो भने सिप सिकेर आफु दक्ष भइ तथा आफु जाने देशको कानुन राम्ररी बुझेर मात्र जानको लागी आग्रह गरिन ।´

कार्यक्रममा घोडाघोडी नगरपालिका वडा नं १ का वडाध्यक्ष मनराज शाहिले ‘सिप नसिकी बिदेश जाने क्रम बढेको हुनाले त्यहाँ पुग्ने जो कोहीले पनि दुख पाएको बताए ।’ मेनपावरले बिदेश पठाउदा मोटो रकम लिए पनि मेनपावरहरुको कमि कमजोरीका कारण कति नेपालीहरु अलपत्रमा परिरहेको अध्यक्ष शाहिले बताए । साथै घोडाघोडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष भिम बोगटिले आफ्नो १ बर्से कार्यकाल तालिम र गोष्ठीहरुमा सहभागिता जनाउदा आफुले खासै कै गर्न नसकेको बताए । उनले भने आगामी दिनमा यस्ता प्रभावकारी कार्यक्रमहरुको लागी नगरपालिका सधै तयार रहने छ ।

त्यस्तै घोडाघोडि नगरपालिका वडा नं ४ का वडाध्यक्ष टेक बुढाले देशमा रोजगारी अवसर सिर्जना नहुदा दैनिक रुपमा हजारौ नेपालीहरु बिदेशिनु परेको बताउदै आफु बिदेश जादा त्यहाँ भोग्न परेका समस्या र अनुभवहरु सुनाएका थिए । घोडाघोडी क्लबका सदस्य कृष्ण खत्रीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा आप्रवासी कामदार हकहित संरक्षण मंचका संयोजक बिकास बिष्ट , स्थानीय पत्रकार प्रकाश मिश्र लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका १२ वटै वडामा भएका युवाहरूलाई सुरक्षित आप्रवासन सम्बन्धि अभिमुखिकरण दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रम आज (बिहीबार) ,शुक्रबार र शनिबार गरि ३ दिन सम्म चल्ने छ, जसअन्तरगत आज (बिहीबार) वडा नं १,४,५,७ शुक्रबार ९,१०,११,१२ र शनिबार २,३,६,८ का युवाहरुलाइ तालिम दिइने आयोजकले हिमाल पोस्टलाई जानकारी दिएको छ । संचार प्रतिस्ठान नेपालका कार्यक्रम अधिकृत कृष्ण बिकले प्रशिक्षण दिइने कार्यक्रममा बिहिवार ४५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन घोडाघोडी क्लबका सचिव ओम आचार्यले गरेको थिए ।