सुपर मोडलको उपाधी रुपन्देहीकी प्रतिक्षा र दाङ्गका आशिष जिते
झविन्द्र देवकोटा/बुटवल। रुपन्देहीको तिलोत्तमा भएको ५ नम्बर प्रदेश स्तरीय सुपर मोडल २०१८ को उपाधी पुरुषतर्फ दाङ्गका आशिष कुमार झा र महिलातर्फ रुपन्देहीकी प्रतिक्षा घिमिरेले जितेका छन् । उनीहरुले प्रदेश स्तरीय विभिन्न जिल्लाबाट सहभागि भएका ११ प्रतिस्प्रधीलाईपछि पार्दै उपाधी सहित नगद ५०/५० हजार हात पारेका हुन् ।
उपाधीसँगै उनीहरुले ताज पहिरनुका साथै विभिन्न गिफ्ट हेम्परहरु समेत हात पारेका छन् । आयोजक संस्था लियो क्लव अफ तिलोत्तमा भृकुटीले बुधबार तिलोत्तमाको नयाँ मिलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका सब्य र भब्य रुपमा सम्पन्न भएको जानकारी गराइएको थियो । पत्रकार सम्मेलनमा क्लवका सुदीप ढकालले प्रतियोगितामा प्रेम पंगेनी र विद्या बराल फष्ट रनरअपमा विजयी हुँदै ३५/३५ हजार नगद हात पारेका छन् । यस्तै सेकेण्डरनरअपमा परेका प्रकाश चापागाई र ईन्दु बस्यालले २०/२० हजार पाउन सफल बने ।
यस्तै भिवर च्वाईसको रोजाईमा सन्जु घिताङ्ग र रोशनी पन्थी परेका छन् भने उनीदुईले मात्र गिफ्ट हेम्पर हात पारेका हुन् । फाईन कार्यक्रममा परिचयात्मक, प्रश्नउत्तर र फाईनल राउण्ड लगायतका राउण्डहरु भएका थिए । यस्तै फाईनल कार्यक्रममा कोरियोग्राफर जयनसुब्बा मानन्धर, मिस्टर टिन विशाल गुरुङ्ग, ब्यूटिशियन मिना प्रधान, प्रसुतीरोग विशेषज्ञ डाक्टर ज्योती राना लगायतले निर्णायकको भुमिका निभाउनु भएको कार्यक्रमका कोरियोग्राफर सृष्टी घिमिरेले जानकारी दिनुभयो । क्लवका सदस्य मणि न्यौपाने, अंकीत एसि, किरण न्यौपाने लगायतले संयोजन गर्नु भएको कार्यक्रम सम्पन्न पार्न १२ लाख रुपैया खर्च भएको क्लवले जनाएको छ ।