विश्वकप फाइनल खेल सुपर ओभरमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विश्वकप फाइनल खेल सुपर ओभरमा



एजेन्सी – इंग्ल्यान्ड र न्युजिल्यान्डबीच जारि विश्वकपको फाइनल खेल सुपर ओभरमा पुगेको छ ।

जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रङ जोड्यो ।

अन्तिम ओभरमा जितका लागि १५ रन चाहिएको अवस्थामा ट्रेन्ट बोल्टले सुरुवाती २ बल डट गरे । त्यसपछि बेन स्टोक्सले तेस्रो बलमा छक्का र चौथो बलमा २ रन लिँदा ओभर थ्रोमा ४ रन जोडीपछि अन्तिम २ बलमा ३ रन आवश्यक परेको थियो । पाँचौ बलमा दोस्रो रन लिने क्रममा आदील रशिद रन आउट भए ।

इंग्ल्यान्डको लागि बेन स्टोक्सले बलमा चौका सहित रनमा अविजित रहे । जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा टे«न्ट बोल्टलाई तेस्रो र चौथो बलमा स्टोक्सले लगातार छक्का प्रहार गरे । अर्को बलमा आदिल राशिद रन आउट हुन पुगे । अन्तिम बलमा दुई रन चाहिएको अवस्थामा बेन स्टोक्सले १ रन लिएपछि बराबरीमा रोकिएको हो ।

पाँचौ ओभरको छैटौं बलमा म्याट हेनरीले कट विहान्ड निकाल्दै विकेटकीपर टम लेथमबाट ओपनर जोसन रोयलाई १७ रनमा पेभिलिएन फर्काए । रोयले २० बलमा ३ चौका प्रहार गरे । १७ ओभरको तेस्रो बलमा कोलिन डी ग्राण्डहोमले जो रुटलाई ७ रनमा क्याच आउट गराए । २० ओभरको तेस्रो बलमा लोकी फर्गुसनले ओपनर जोनी बयरस्टोलाई ५५ बलमा ७ चौका सहित ३६ रनमा बोल्ड आउट गरे । २४ ओभरको पहिलो बलमा जेम्श निशमले उत्कृष्ट क्याच गर्दै कप्तान इओन मोर्गनलाई ९ रनमा पेभिलिएन फर्कापछि इंग्ल्यान्ड दबाबमा परेको थियो ।

पाँचौ विकेटका लागि जस बटलर र बेन स्टोक्सले १ सय १० रनको उत्कृष्ट साझेदारी गर्दै जितको आसा देखाएका थिए । यी दुईबीचको साझेदारी ४५ ओभरको पाँचौ बलमा लोकी फर्गुसनले बटलरलाई टिम साउदीबाट ५९ रनमा क्याच आउट गराउदै तोडे । बटलरले ६० बलमा ६ चौका प्रहार गरे । क्रिस वोक्स २ रनमा क्याच आउट भए ।लियाम प्लान्केटले १० रन जोडे ।

त्यसअघि लर्डसमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हनेरी निकोलसले सर्वाधिक ५५ रन जोडे । २७ ओभरको पाँचौ बलमा लियाम प्लान्केटले बोल्ड आउट गर्नुअघि हेनरीले ७७ बलमा ४ चौका प्रहार गरे ।

हेनरीले दोस्रो विकेटका लागि कप्तान केन विलियमसनसँग ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । कप्तान विलियमसनलाई २३ ओभरको चौथो बलमा प्यान्केटलेनै विकेटकीपर जस बटलरबाट ५३ बलमा २ चौका सहित ३० रनमा क्याच आउट गराए ।

न्युजिल्यान्डले ओपनर मार्टिन गुप्टिललाई १९ रनमा गुमाएको थियो । सातौ ओभरको दोस्रो बलमा क्रिस वोक्सले एलवी डब्लू आउट गर्नु अघि गुप्टिलले १८ बलमा २ चौका र १ छक्का प्रहार गरे । मार्क उडले अनुभवी ब्याट्सम्यान रोश टेलरलाई १५ रनमा एलबी डब्लू आउट गराए । ३९ औं ओभरको अन्तिम बलमा ठूलो सर्ट खेल्ने धुनमा जेम्श निशम जो रुटबाट १९ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको विशाल योगफलको संभावना सकिएको थियो ।

तल्लोक्रममा विकेटकीपर टम लेथमले ५६ बलमा २ चौका र १ छक्का सहित ४७ रन जोडेपछि न्युजिल्यान्ड प्रतिस्पर्धात्मक योगफल सम्म पुगेकोे हो । त्यस्तै कोलिन डी ग्राण्डहोमले १६ रनमा क्याच आउट भए । मिचेल सान्टनारले ५ रन जोडे ।

इंग्ल्यान्डका लागि लियाम प्लान्केटले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट हात पारे । जोफ्रा आर्चर र मार्क उडको नाममा समान १ विकेट रह्यो ।