सुपा देउराली नजिक भेटियो गुफा - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

सुपा देउराली नजिक भेटियो गुफा



हिमाल पोस्ट /अर्घाखाँची ,चैत्र १३ 

अर्घाखाँची  जिल्लाको प्रसिद्ध धार्मिक एवं एेतिहासिक सुपा देउराली मन्दिर नजिक सडक बिस्तार गर्ने क्रममा शनिबार दिउँसो नयाँ गुफा भेटिएको छ ।सन्धिखर्क – गोरुसिङ्गे सडक खण्ड अन्तर्गतको सुपा देउराली मन्दिर नजिकको खाँची खोला दोभानमा उक्त गुफा फेला परेको हो ।

गुफा भेटिए लगत्तै गुफाको भित्र बाहिरको भाग पुरै सरसफाइ गरि पुजापाठ गरिएको थियो। गुफा बाहिर हेर्दा सामान्य भए पनि गुफा भित्र शिव लिंग, गणेशको मुर्ति, हात्तीको अनुहार, गाइको फाँट जस्ता विभिन्न कलात्मक ,अनौठा र धार्मीक आकृती साथमा अन्य मनमोहक दृश्यहरु पनि देख्न सकिन्छ ।

गुफा भेटिएको खबर सुन्ने बित्तिकै गुफा हेर्न आतुर मानिसहरुको भिड लागेको थियो । त्यहाँ गुफा अबलोकन गर्न आएका मानिसहरुले गुफाभित्रका विविध अनौठा र मनमोहक दृश्यहरु देखेपछि आफुहरुलाई धेरै खुशी अनि आनन्द मिलेको बताएका छन । गुफा भेटिए पनि उता सडक विस्तारको काम भने गुफा फेला परेको क्षेत्रलाई छोडेर अगाडि बढाइएको छ ।

देश भरी नै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिर र प्राकृतिक सुन्दरताले भरीपुर्ण नरपानीको बिचभागमा भेटिएको उक्त गुफाको तिब्रताका साथ बिश्वब्यापी रुपमा प्रचारप्रसार र प्रवर्द्धनन गर्न सकेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक अर्घाखाँचीमा भित्र्याउनको लागि ठुलो सम्भावना बन्न सक्छ ।