संसद विघटन विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाई शुरू - Himal Post Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

संसद विघटन विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाई शुरू



काठमाडौँ- प्रतिनिधि सभा विघटनपछि सर्वोच्च अदालतमा परेका रिटमाथिको सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणाको एकल बेन्चमा १९ वटा रिटमाथिको प्रारम्भिक सुनुवाइ सुरु भएको हो ।

सबैभन्दा पहिले रिट निवेदक वीरभद्र जोशी बहस सुरु गरेका छन् । प्रतिनिधि सभा पुन:स्थापनाको माग गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध १९ वटा रिट परेका थिए ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका ३० मध्ये १९ रिटमाथि प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लागेका छन् ।