प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा: के हुँदैछ सर्वोच्चमा? - Himal Post Himal Post
  • १४ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 26 2026
Logo

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा: के हुँदैछ सर्वोच्चमा?



काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ । यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा बहस भएको थियो ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले पुस २२ मा यी रिटमाथिको सुनुवाई वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै निवेदन दिएका थिए। पुस २९ मा सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले वृहत पूर्ण इजलासमा रिट सार्नु नपर्ने जिकिरसहितको निवेदन पेश गरेका थिए। तर, सर्वोच्च अदालतले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।