संसद विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

संसद विघटनविरुद्ध सर्वोच्चमा सुनुवाइ सुरु



काठमाडौं- संसद विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्चा अदालतमा सुनुवाइ सुरु भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासमा १२ मध्ये तीन वटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ।

कन्चन न्यौपाने, समृत खरेल र अधिवक्ता लोकेन्द्र ओली लगायतले दर्ता गरेका छुट्टा छुट्टै रिटमाथि सुनुवाइ सुरु भएको हो।

अन्य ८ अधिवक्ताले पनि छुट्टै रिट दायर गरेका छन् भने नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतले रिट दर्ता गरेका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरु राणाले आफ्नै एकल इजलासमा राखेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधि सभा भंग गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न सिफारिस गरेका थिए।

संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा एक दर्जन रिट दर्ता भएका छन्।