ढुंगा, गिटी, बालुवा निकासीविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

ढुंगा, गिटी, बालुवा निकासीविरुद्धको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी



काठमाडौं- सरकारको ढुंगा, गिटी, बालुवा निकासी गर्ने योजनाविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सुनुवाइ हुन थालेको हो। 

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा गिटी, बालुवा, ढुंगा निकासी गर्ने घोषणा गरिएको थियो। त्यसको सबै क्षेत्रबाट विरोध हुँदै आएको छ। 

त्यसविरुद्ध सर्वोच्च अदालतमा सात वटा रिट परेका छन्। सबै रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्वेडर, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, हरिराम वलजु, अतिस कार्की र विक्रम नगरकोटीले छुट्टाछुट्टै रिट दिएका हुन्।

उनीहरूले रिटमा ढुंगा, गिटी, बालुवा निकासी गर्ने निर्णय कार्यान्वयन नगर्न र नराउन अन्तिरिम आदेश माग गरेका छन्। यसमा उनीहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन्।