मध्यरातमा खतरनाक दुर्घटना, सातको मृत्यु, छ घाइते
काठमाडौं- सुनसरीको हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिँदा खतरनाक दुर्घटना भएको छ । गएराति भएको उक्त दुर्घटनामा सात जनाको घटनास्थलमा नै ज्यान गएको छ ।
उदयपुर जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई वीरगंजबाट आउँदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले शनिबार राति १२ः२० बजे ठक्कर दिएको थियो।
प्रहरीका अनुसार सात जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
मृत्यु हुने उदयपुर त्रियुगा नगरपालिका–१० का राजेश दनुवार, दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई रहेका छन्।
दुर्घटनामा ६ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। फाइल तस्बिर