आईपीएल : सनराइजर्स हैदराबाद विजयी - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

आईपीएल : सनराइजर्स हैदराबाद विजयी



काठमाडौं । इंडियन प्रियिर लिग (आईपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ । राजीव गान्धि इंटरनेशनल स्टेडियम, हैदराबादमा भएको खेलमा घरेलु टीमले राजस्थात रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । राजस्थानका लागि सञ्जु सामसनले सर्वाधिक १ सय २ रन नटआउट खेले । यस्तै अजिन्के रहानले ७० र जेसी बट्लर ५ रनमा आउट हुँदा बेन स्टोक १६ रन नटआउट रहे ।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । हैदराबादका लागि डेभिड वार्नरले सर्वाधिक ६९ रन बनाए । त्यस्तै जोनि बरिष्टले ४५, विजय शंकरले ३५, केन विलियम्सनले १४, मनिष पाण्डेले १ रन बनाएर आउट हुँदा युसफ पठान १६ र रसिद खान १५ रन खेल्दै नटआउट रहे । खेलको प्लेयर अफ द म्याच हैदराबादका रसिद खान भए । उनले १ विकेट लिनुका साथै उत्कृष्ट फिल्डिङ पनि गरेका थिए ।

प्रतियोगितामा पहिलो जित निकालेसँग हैदराबाद तालिकाको चौथो स्थानमा उक्लिएको छ भने एक खेलमा पनि जित निकाल्न नसकेको राजस्थान तालिकाको पुच्छारमा छ ।

आजका खेल

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेल किंग्स इलावेभ पञ्जाब र मुम्बइ इंडियन्सबीच पञ्जाबको घरेलु मैदानमा दिउँसो सवा ४ बजे हुनेछ । यस्तै दोश्रो खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोट्ला स्टेडियममा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराइडर्सबीच बेलुकी सवा ८ बजे हुनेछ । दिल्ली खेलका दुई खेलमा १ मा जित र एकमा हार बेहोरेको छ भने कोलकत्ता दुवै खेलमा जीत निकाल्दै तालिकाका शीर्ष स्थानमा छ ।