बेंग्लोरसँग हार्यो सनराइर्ज हैदराबाद - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

बेंग्लोरसँग हार्यो सनराइर्ज हैदराबाद



नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लोरले सान्त्वना जित हात पारेको छ ।

लिग चरणको अन्तिम खेलमा बेंग्लोरले सनराइजर्स हैदराबादलाई चार विकेटले पराजित गर्‍यो । बेंग्लोरसँगको पराजयका पछि अर्को खेलमा कोलकाता मुम्बईसँग हारेमा मात्र हैदराबाद प्लेअफमा पुग्नेछ ।

बेंग्लोरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन बनाएको थियो । केन विलियमसनले ७० रनको आक्रामक पारी खेलेका थिए ।

उनले ४३ बलमा ५ चौका र चार छक्का प्रहार गरे । मार्टिन गुप्टिलले ३० रन बनाए भने विजय शंकरले २७ रन जोडे । ऋद्धिमान शाहाले २० रन बनाए ।

बलिङतर्फ वासिङ्टन शंकरले ३ विकेट लिए भने नवदीप सैनीले २ विकेट हात पारे । १७६ रनको लक्ष्य बेंग्लोरले चार बल र चार विकेट बाँकी रहँदा पूरा गर्‍यो ।

२० रनको अवस्थामा ३ विकेट गुमाएको बेंग्लोरका लागि शमिरन हेटमेयर र गुरकिरात सिंहले १४४ रनको बलियो साझेदारी गरे ।

ब्यक्तिगत तर्फ हेटमेयरले ७५ रन बनाए भने सिंहले ६५ रन जोडे । विराट कोहलीले १६ रन बनाए । खलिल अहमेदले ३ विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिए ।