सनराईज बैङ्कको कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

सनराईज बैङ्कको कार्यक्रम सम्पन्न



लम्की कैलाली

सनराईज बैङ्कले आफ्ना ग्राहकलाई बचत खातामा प्रदान गर्ने स्वास्थ्य तथा दुर्घटना बिमा र ईलेक्टाेनिक बैङ्किङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिवार लम्की चुहा नगरपालिका वडा २ भल्कामा सम्पन्न गरेको छ ।

सनराईज बैङ्कले सञ्चालन गरेको उक्त जानकारी तथा अन्तरक्रिया कार्यक्रम बैङ्कका २ सय जना ग्राहकको उपस्थित रहेको थियो । बैङ्कका लम्की शाखा प्रमुख मातृका खड्काले कार्यक्रम सहजीकरण गरेका थिए

आफूले स्वास्थ्य तथा दुर्घटना बिमा र इलेक्ट्रोनिक बैङ्किङ सुविधा बारेमा यस अघि कुनै पनि जानकारी नभएको तर यस कार्यक्रमपछि आफूलाई थाहा भएको कार्यक्रममा उपस्थिति ग्राहक रोशन बोहोराले बताए ।

हाल सनराईज बैङ्कले १०३ शाखा, ११८ एटीएम, ४ एक्सटेसन र २८ शाखा रहित बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।