सनराइज बैंकका ग्राहकले लालरत्न अस्पतालमा २० प्रतिशत छुट पाउने
कैलाली । सनराइज बैंक लिमिटेडका ग्राहकले अब कैलालीको लम्कीचुहा नगरपालिका लम्कीमा रहेको लालरत्न अस्पताल बाट २० प्रतिशत छुट पाउने भएका छन् ।
मंगलबार बैंकका शाखा प्रमुख मातृका खड्का र अस्पताल प्रमुख लिला जङ्ग बिष्ट बिच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो। अस्पतालले प्रदान गर्ने सेवा मध्ये ८ सेवामा छुट प्रदान गरिने अस्पताल प्रशासनले जनाएको छ ।
साथै बैंकका ग्राहकलाई २५ प्रतिशत स्वास्थ्य बिमा र ५ लाख सम्मको दुर्घटनामा बिमा सहीत सुविधा रहेको बैंक लम्की शाखा प्रमुख मातृका खड्काले जानकारी दिए ।