३३ किलो सुनकाण्डः ठूला नेता तानिएपछी नाटकीय रुपमा प्रतिवेदन गायब - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

३३ किलो सुनकाण्डः ठूला नेता तानिएपछी नाटकीय रुपमा प्रतिवेदन गायब



काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुईं भएको छैन ।

करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।

तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनको चर्चा हुन छाडेको छ ।

समितिले ३ सयभन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको कुरा बाहिर आएको थियो ।

केही चर्चित ब्यक्तिसमेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।

टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।

बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री थापा पनि प्रतिवेदन बुझाएपछि मौन छन् ।

‘यही काण्डमा केही पहिले पक्राउ परेका विमल पोद्दारले छानविन समितिसमक्ष केही नेताको नाम पोलेपछि यो विषय गुमनाम पार्न खोजिएको बताइन्छ ।’–स्रोतले भन्यो । -नेपाल समाचारपत्र दैनिकबाट