अमेरिकी हिरो अवार्ड नेपाली चेली सुनीताले पाइन - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

अमेरिकी हिरो अवार्ड नेपाली चेली सुनीताले पाइन



यसपटकको “हिरो अवार्ड” शक्ति समूहकी संस्थापक सुनिता दनुवारलाई प्रदान गरिएको छ ।

अमेरिकी सरकारले प्रदान गर्ने यो अवार्ड सुनितालाई अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी राष्ट्रपतिकी सल्लाहकार एवं छोरी इभांका ट्रम्प र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ‘ट्राफिकिङ इन्पर्सन हिरो–२०१८’ को अवार्ड प्रदान गरेका हुन् ।

शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा उक्त अवार्ड हात पारेकी थिइन् ।

हरेक वर्ष विश्वभरी मानव बेचबिखन र आधुनिक दासत्वविरुद्ध क्रियाशील १० जनालाई अमेरिकी सरकारले उक्त अवार्ड प्रदान गर्ने गरेको छ ।। उनलाई पीडितका लागि नेपालमा पहिलो संगठन स्थापनाका लागि नेतृत्व गरेको, मानव बेचविखनबिरुद्ध क्रियाशिल भएको र पीडितको संरक्षणका लागि प्रतिबद्धता देखाएका कारण उक्त अवार्ड प्रदान गरिएको जानकारी दिइएको छ ।