स्वतन्त्रबाट मेयरमा उठेकी सुनितालाई एमालेले दियो उपमेयरको टिकट - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

स्वतन्त्रबाट मेयरमा उठेकी सुनितालाई एमालेले दियो उपमेयरको टिकट



मिस नेवा: समेत रहेकी मेयर पदमा उम्मेदवारी घोषणा गरिसकेकी सुनिता डंगोललाई नेकपा एमालेले काठमाडौं उपप्रमुखको टिकट दिएको छ।

उनले यसअघि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् । विज्ञानमा स्नातकोत्तर उनले यसअघि स्वतन्त्र रुपमा काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेकी थिइन्।

विभिन्न सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धनमा व्यस्त उनले रञ्जना लिपी चिनाउन विभिन्न ठाउँमा गएर कार्यशाला गोष्ठी गरेकी छन्।

सांस्कृतिक अभियन्ताका रुपमा नेपाल चिनाउन जुटेकी उनले शहरी योजना आयोगमा सहायक विज्ञका रुपमा काम गरेकी छन्।

टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेकी डंगोलले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गरेकी थिइन्। तर उनलाई एमालेले उपमेयरको टिकट दिएको हो।