सुन्दर देखिन महिलाहरु सर्पको रगत पिउछन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सुन्दर देखिन महिलाहरु सर्पको रगत पिउछन



काठमाडौं । संसारमा सबैलाई राम्रो बन्ने चाहना हुन्छ । यस्तोमा सबैले आफ्नो सकेसम्मको प्रयास पनि गर्ने गरेका छन् । यद्यपि मानिसहरुले घरेलु उपचार भन्दा पनि महँगा उत्पादनको प्रयोग गर्ने गर्छन् ।

संसारमा यस्तो पनि देश छ जहाँका महिलाहरु सुन्दर देखिनका लागि आफ्नो ज्यानको जोखिम पनि उठाउने गर्छन् ।

इन्डोनेसियाका महिलाहरु आफ्नो सुन्दर छालाको लागि गोमन सर्पको रगत पिउने गर्छन् । उनीहरु गोमनको रगत पिउनाले छाला चमकदार हुनेमा विश्वास गर्छन् । यो मामिलामा पुरुषहरु पनि पछि भने छैनन् ।

उनीहरु पनि आफ्नो राम्रो अनुहारको लागि सर्पको रगत पिउने गर्छन् । इन्डोनेसियामा मानिसहरुबाट बढेको सर्पको रगतको अत्यधिक मागसँगै पसलेहरुले दैनिक हजारौं सर्प काट्ने गर्छन् ।

रगतका साथै यो मुलुकमा सर्पबाट बनेका परिकारहरु पनि अत्यधिक मात्रामा खाइन्छ । जाकर्ताको अधिकांश क्षेत्रमा गोमन सर्पको रगत बिक्री हुने गर्छ । यस्ता पसल साँझ ५ बजे खुल्छन् र रातको १ बजे बन्द हुन्छन् ।

एक रातमा बिक्रेताले १० देखि १५ लाखसम्मको आम्दानी गर्ने गरेका छन् ।