सनसिटी अपार्टमेन्टका तीन सयजनाको रिपोर्ट नेगेटिभ - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

सनसिटी अपार्टमेन्टका तीन सयजनाको रिपोर्ट नेगेटिभ



काठमाडौं- राजधानीको पेप्सिकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन सयजनामा यापिड टेस्ट (आरडीटी) बाट कोरोना नेगेटिभ देखिएको छ।

कागेश्‍वरी-मनोहरा नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनी अनुसारका बेलायतको लण्डनबाट आएका परिवार बस्‍ने अपार्टेमन्टको ब्लक ‘ए’ का करिब ३ सयजनाको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको हो।

बेलायतबाट आएर कोरोना देखिएका परिवारका सदस्य बस्ने ब्लकका सबैको आरडीटी गरिसकिएको छ । परीक्षण गरिएकामध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ।

परीक्षण गरिएकामध्ये कोरोना संक्रमित परिवारको फ्ल्याटमा सहयोगीको काम गर्दै आएका दुईजनाको शंकास्पद लागेपछि पिसिआर परीक्षणका लागि स्वाब जनस्वास्थ्य प्रयोगशालामा पठाईएको बताइएको छ।

गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका आमा र छोरालाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरुलाई कोरोना देखिएपछि अपार्टमेन्टलाई प्रहरीले सिल गरेर राखेको थियो।

त्यहाँ कागेश्‍वरी-मनोहरा नगरपालिकाले बुधबारबाट र्‍यापिड टेस्ट सुरू गरेको हो।