३ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडाैं- सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढको छ। शुक्रबार सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ।
बिहीबार प्रतितोला ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको हो।
यसैगरी चाँदी पनि शुक्रबार प्रतितोला ५ रुपैयाँले बढेर १ हजार १ सय ५० रुपैयाँ भएको छ। बिहीबार चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
सुन एक सातामै प्रतितोला ३ हजार ३ सयले बढ्यो
सुनको मूल्य एक सातामै ३ हजार ३ सय रुपैयाँले बढेको छ। साउन ४ गते आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ३ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ९५ हजार ८ सय रुपैयाँ पुगेको छ।
यसैगरी चाँदी पनि एक सातामा १ सय ४५ रुपैयाँले बढेको छ।