विपत्तिमा कालोबजारी गर्नेको हातले जे छोएपनि सुनै बनोस् !!
..सुनैसुन बनोस् !!
एउटा लोभी मान्छेसँग एउटा भूत खुसी भयो । उसले मन चाहेको वरदान दिने भयो । लोभी मान्छेले “आफूले जे कुरा छोए पनि सुन बन्नु पर्ने” वरदान माग्यो ।
दाताले वरदान दिए । ऊ खुसीले पागल बन्यो । ऊ सम्पूर्ण संसारलाई पहेँलो सुन बनाएर सबैभन्दा बढी धनी बन्न चाहन्थ्यो । हरेक थोकमा हातले स्पर्श गर्यो । उसका चारैतिर सुनैसुन देखिन थाल्यो ।
बेलुका आफ्नो घरमा पुग्दा ऊ विश्वको सबैभन्दा धनी मान्छे बनिसकेको थियो । उसले छोएका सबै थोक सुन बन्थे ।
बेलुका घर पुग्यो । बाबालाई देखेर खुसी हुँदै आएकी छोरीलाई उसले अँगालो हाल्यो । तुरुन्त त्यो सुनमा परिणत भई । छोरा आयो, उ पनि सुनको मूर्तिमा बदलियो ।
छोरी सुनमा परिवर्तित भएको देखेर आमाले आफ्ना पतिलाई हात समातेर के झकझक्याएकी थिइन्, उनी पनि सुनकै मूर्तिमा रूपान्तरित भइहालिन् ।
घरपरिवार सबै पहेँलो सुनमा रूपान्तरित भए । बेलुका पख उसले तिर्खाको अनुभव गर्यो । पानीले भरिएको लोटा पनि पानी सहित पहेँलो सुनमा रूपान्तरित भयो ।
भोक लगेर बेहाल भए पनि ऊ आफ्नो भान्छामा पस्यो । श्रीमतीले पकाएर राखेको भोजन के छोएको थियो, त्यो सबै पहेँलो सुनमा रूपान्तरित भयो ।
उसले सुन त कमायो तर उसले अरू सबै थोक गुमायो । उसको सुनले एकछाक भोजनसम्म प्रयोग गर्न दिएन । अन्ततः सुनको भात खान नसकेर पहेँलो सुनका बिचमा उसले प्राण त्याग्नु पर्यो ।
देश र जनता विपत्तिमा परेको बखतमा कालोबजारी गरेर धन कमाउनेको हातले जे-छोए पनि सुनै बनोस् !!
-डा. गोविन्द शरण उपाध्यायको कलेक्सन