बादलले भने: सुनवाला 'ठुला माछा' पनि जालमा पर्छन - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

बादलले भने: सुनवाला ‘ठुला माछा’ पनि जालमा पर्छन



गृहमन्त्री रामबहादुर थापाले सरकारले सुशासनका लागि ठोस कदम चालिरहेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् ।

‘विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र सुशासन आवश्यक पर्छ । सरकार सुशासनका लागि ठोस कदम चलाइरहेको छ,’ उनले भने ।

सुशासनसँग जोडिएका विषयहरु तस्करी, वैदेशिक रोजगारीका नाउँमा करोडौँ ठगी, लगायलाई निस्तेज गर्ने दिशामा गृहले ठोस योजना अघि सारेको पनि उनले बताए ।

उनले आफ्नो मन्त्रालयले सम्पन्न गरेको कार्यहरु प्रस्तुत गर्दै यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गरेको बताए ।

गुण्डा र डन निस्तेज गर्न गृहले ठोस योजना अघि सारेको मन्त्री थापाको भनाइ छ । उनले सुन तस्करी हुण्डी कारोबारसँग जोडिएको देखिएको पनि बताए ।

उनले भने, ‘सुनवाला माछा मार्ने काम जारी छ । यसमा अनुसन्धान जारी छ । अहिले भुरा र मझौला माछाहरु परेका छन् । आशा गरौँ ठूला माछा पनि पर्नेछ, पर्नुपर्छ ।’

उनले ३३ किलो सुनकाण्डमा थप एक जना पक्राउ परेको स्मरण गराउँदै भने, ‘तपाईँहरुले थाहा पाउनु भयो होला, हिजो एक जना माछा फेरि परेको छ । त्यसैले माछा मार्ने काम जारी छ। यो बारेमा अहिले यत्ति नै भनौँ ।’