सुनको मूल्य चार सय रुपैयाँले बढ्यो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुनको मूल्य चार सय रुपैयाँले बढ्यो



काठमाडौं । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

बुधबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी सुन प्रतितोला मूल्य ५६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदी प्रतितोला मूल्य ७१० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।