प्रहरी महानिरीक्षक खनालले भने सुन अनुसन्धानबारे बोल्न मिल्दैन - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रहरी महानिरीक्षक खनालले भने सुन अनुसन्धानबारे बोल्न मिल्दैन



प्रहरी महानिरीक्षक सवेन्द्र खनालले संगठित सुन तस्करीमाथि सरकारले गठन गरेको विशेष समितिले केही उच्चपदस्थ प्रहरीमाथि अनुसन्धान गरिहेका विषयमा बोल्न नमिल्ने बताएका छन् ।

प्रहरी प्रदान कार्यालय विहीबार आफ्नो कार्याप्रगति सार्वजनिक गर्दै खनालले आफु नियुक्त हुनुअघि गठित समितिको कामकारबाहीबारे टिप्पणी गर्ने कानुनी आधार नभएको बताए ।

उनले भने, सरारले गठन गरेको विशेष प्रकृतिको अनुसन्धान समितिले गरेको काम प्रश्न उठाउने विषय होइन ।

सन शाक्यमाथि हत्या र संगठित सुन तस्करीमाथि अनुसन्धान गर्न मन्त्रिपरिषद्ले गृह मन्त्रालयका सहसहसचिव इश्वरीप्रसाद पोडेलको संयोजकत्वमा समिति गठन गरेपछि उच्च प्रहरी अधिकारी पक्राउ परेका थिए ।, आजको कान्तिपुरमा यो खबर छ ।