तोलामा १२ सय बढ्यो सुनको मूल्य - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

तोलामा १२ सय बढ्यो सुनको मूल्य



काठमाडौं- सुनको मूल्य एकाएक बढेको छ । केहिदिन स्थिर रहेको सुनको मूल्य तीन दिनमै प्रतितोला १२ सय रुपैयाँले बढेको छ।

तीन दिनअघि अर्थात् गत आइतबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ७२ हजार ८ सय रुपैयाँ पुगेको छ।

सुनको मूल्य पुरानो रेकर्डलाई पछ्याउँदै अघि बढेको छ। केही दिनअघि सुनको मूल्यले नयाँ रेडर्क बनाउँदै अघि बढेर प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको थियो।

त्यसलाई पछ्याउँदै सुनको भाउ बढेको हो।

वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कंदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको थियो।

त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म आएको थियो। तर, अहिले पुनः उकालो लागेर प्रतितोला ७२ हजार ८ सयमा कारोबार हुँदै आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।