सुन चाँदीको मूल्य फेरि बढ्यो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सुन चाँदीको मूल्य फेरि बढ्यो



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला मूल्य ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेरसुन प्रतितोला मूल्य ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

शुक्रबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी प्रतितोला मूल्य ७२० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।