ओरालो लाग्यो सुनचाँदीको मूल्य - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

ओरालो लाग्यो सुनचाँदीको मूल्य



काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा बिहीबार मूल्य केही बढे पनि शुक्रबार पुनः ओरालो लागेको हो।

सुनको मूल्य बिहीबारको तुलनामा ६ सय रुपैयाँलो घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ८६ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार हुँदै छ। यसअघि बिहीबार सुनको मूल्य ८६ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, शुक्रबार तेजावी सुन ८५ हजार ७५० रुपैयाँमा कारोबार हुँदै छ।

शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। बिहीबार १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी तोलामा १२ सय ७० रुपैयाँमा कारोबार हुँदै छ।